बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
अन्तर्राष्ट्रिय

हङकङमा जारी आन्दोलनको विषयमा चीन र अमेरिकाबीच खटपट

०५-मंसिर-२०७६ | ०४:०७:३३ am

बिविसी । अमेरिकी सिनेटले पारित गरेको कानुनको हङ्कङका सरकारविरोधी प्रदर्शनकारीहरूले स्वागत गरेका छन्।

प्रदर्शनकारीहरूले पुनस् सडक आवागमन तथा सार्वजनिक यातायातमा अवरोध पैदा गरेका छन्।

प्रदर्शनकारीहरूको एउटा सानो समूह अझै पनि एक विश्वविद्यालय भित्रै छन्।

त्यहाँ गत तीन दिनमा हिंसात्मक झडपहरू भएका छन्।
यसबीच ब्रिटेनको हङकङस्थित महावाणिज्य दूतावासका एकजना पूर्वकर्मचारीले गत अगस्टमा मुख्यभूमि चीनमा जाँदा आफूलाई यातना दिइएको आरोप लगाएका छन्।

साइमन चेङले उनलाई बाँधिएको, आँखामा पट्टी लगाइएको अनि असहज तरिकामा राखिएको बीबीसीलाई बताए।

हङकङमा तनाव भड्काएको आरोप आफूलाई लगाइएको उनले बताए।
चीनले ब्रिटेन तथा अन्य देशहरूलाई हङकङमा प्रजातन्त्र समर्थित विरोध प्रदर्शन गर्न उक्साएको आरोप लगाइरहेको छ।

साइमन चेङ्को घटनामा बेइजिङ्ले कुनै प्रतिक्रिया जनाएको छैन। तर यसअघि चेङ्लाई यौनकर्मी महिलाको सेवा खोजेका कारण पक्राउ गरिएको सङ्केत चीनले गरेको थियो।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले पछिल्ला घटनाहरूबारे सोधपुछ गर्न चिनियाँ राजदूतलाई डाकेका छन्।

तर बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै चीनका राजदूत जवाफ दिन नजाने बरू बेइजिङ्स्थित ब्रिटिश राजदूतलाई आफ्ना असन्तुष्टी सुनाउन चिनियाँ विदेश मन्त्रालयले डाक्ने प्रतिक्रिया दिए।

चीन सरकारले मुख्यभूमि चीनलाई हङकङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।

साइमन चेङ्को बयानले ब्रिटेन तथा चीनबीच अहिले नै तनावग्रस्त भइसकेको सम्बन्धमा थप असर पर्न सक्छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: