बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
समाचार

विद्यार्थी नेता राईलाई थुनामा पठाउन अदालतले दियो आदेश

०६-मंसिर-२०७६ | ०७:०४:१८ pm

काठमाडौं । देउसी खेल्न बोलाएर साथीको बहिनीलाई बलात्कार गरेको आरोप आरोप लागेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य रहेका उनी १२ कात्तिकमा पक्राउ परेका थिए ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा लगिएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: