शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
प्रदेश

पौडेल पक्षले बहिस्कार गर्‍यो केन्द्रीय समिति बैठक

२६-मंसिर-२०७६ | ०५:२७:५१ pm

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् ।

पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित नभएको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए ।

पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उनले बैठक बहिस्कार गरेका हुन् । विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ । बैठकमा जम्मा ९ वटा एजेन्डा पेश गरिएका छन् । बैठकमा गगन थापा पनि उपस्थित छैनन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: