शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

एउटा सभामुखमा नेकपाका तीन धार खेर जानसक्छन् दौरा सुरुवाल

२७-मंसिर-२०७६ | ०४:०८:१४ pm

सरकारको मंसिर २३ गतेको मन्त्री परिषद बैठकले आगामी पौष ४ गते प्रतिनीधि सभाको बैठक डाँकेको छ तर अहिले सम्म सभामुखको निर्णय हुन सकेको छैन ।

नेकपाका समस्या

संविधानले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने भनेकोले शत्तारुढ दल अतिनै संकटमा छ । अहिलेको अवस्थामा सभामुख छोड्न भएन नछोड्ने हो भने अहिले उपसभामुख शिवमाया तुम्बाहाम्फे पहिलो अर्कै पार्टिको भएपनि अहिले नेकपामै समेटिएको अवस्था छ ।

यो बेलामा नेकपाले सभामुख आफ्नो पार्टिबाट बनाउन चाहान्छ जुन नितान्त स्वभाविक पनि हो । यता उपसधामुखले राजीनामा नदिने हो भने उसले अहिले कै अवस्थामा आफ्नो सभामुख बनाउन पाउँदैन ।

अहिलेसम्मको परिस्थिती हेर्दा पार्टिले शिवमायालाई सभामुख बनाउन नचाहेको बुझिन्छ , अर्थात अरु मानिसहरु सभामुखमा आउन तछाँड मछाँड गरेको देख्दा लाग्छ पार्टी उपलाई सभामुखमा ल्याउन इच्छुक छैन । त्यसकापछाडी अनेक कारण होलान् तर आम बुझाई नेकपाले महिलालाई कहिल्यै पनि ठूलो जिम्मेवारी दिन चाहादैन भन्ने अर्थपनि लाग्न सक्छ । उनले राम्रो संग कार्य सम्पादन गर्न सक्दिनन् भन्ने लागेको पनि हुन सक्छ । त्यो नितान्त पार्टीगत बिषय भएकोले यसमा त्यति धेरै चासो दिन जरुरी भएन ।

तर फेरी पनि घुमाइ फिराई कुरा त उही दोहोरिन्छ । नेकपामा कसैले सभामुख बन्न दिन दिनै नयाँ दौरा सुरुवाल धोइ पट्याई गर्ने अर्को तिर उपसभामुखले कुनै हालतमा राजीनामा नदिने हो भने आफ्नै पार्टीकी उप सभममुख माथि अविश्वासको प्रस्ताव ल्याउनु नैतिकताले नमिल्ला ।

यो अवस्थामा नेकपासंग एउटै बाटो रहन्छ त्यो हो प्रोटेम्ट स्पिकर बनाएर संविधान संसोधन गर्ने । अनि यो धारालाई निलम्बन गर्ने ।
आजको मितिमा नेकपा भित्र सभामुखको बारेमा २ अलग धार देखिन्छ ।
यस बिषयलाई लिएर प्रमुख सत्तारुढ दल नेकपाभित्र कसिलो प्रतिस्पर्धा छ । पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा नेता देव गुरुङ र अग्नीप्रसाद सापकोटाले रुचि देखाइरहेका छन् भने बर्तमान उपसभामुख शिबमाया तुम्बाहाङ्फेले सशक्त दावी गरिरहेकी छिन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेम्वाङ सभामुख बनाउने पक्षमा छन् र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि लचिलो छन् । तर दाहालले देव गुरुङ वा अग्नी सापकोटालाई सभामुख बनाउने प्रस्ताव गरिरहेका छन् । दुई अध्यक्षबीच तीन नेताका बिषयमा छफफल केन्द्रीत भएपछि निवर्तमान उससभामुख शिवमायाको बारेमा मुखरित रुपमा कोही बोलेको छैन ।

भित्रबाट घुमाउरो राजनीति गरी रहेकी राष्ट्रपतिले शिवमायालाई समर्थन गरेको हुन सक्ने आँकलन गरिएको छ तर त्यो पुर्ण रुपमा बाहिर देखिएको छैन । उपसभामुख पदमा रहेको व्यक्तिलाई सिधै हाईकमानले ह्विप जारी गर्न सक्दैन । राष्ट्रपतिको पद पनि त्यस्तै भएकोले यदि डा. शिवमायाले राजीनामा नदिए नेकपासंग संविधान संशोधन नगरी शुख नभएको जस्तो बुझिन्छ ।
सभामुख जस्तो पद बिन्तीको भरमा विपक्षलाई कसैले दिदैन तर्सथ नेकपा संग मात्र २ विकल्प छन् यात शिवमाया स्विकार या संविधान सुधार ।
सवै भन्दा सरल तरिका शिवमायालाई नै माथी ल्याउनु नै हो । यो सरल सोंच हो । राजनीति सरल बाटोमा हिड्दैन बक्र रेखामा हिड्दा कतै उपेन्द्र यादवको माग पनि पुरा हुन्छ की हेरौ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: