शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
समाचार

एपीएफ टोलीद्वारा अवैध चोरीपैठारीको सामान बरामद

२७-मंसिर-२०७६ | ०५:४५:२२ pm

झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट मंसीर २६ गते एपीएफ  टोलीले करीव दुई लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको खाद्यान्न सामाग्री तथा विभिन्न औषधीहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेडक्वाटर झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: