शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

ठूलो दुर्घटनाबाट जोगियो बिरगंज, जोखिम अझैं यथावत

२७-मंसिर-२०७६ | ०६:३२:१२ pm

काठमाडौं । नेपाल आयल निगम प्रदेश २ डीपो प्रमुख प्रदीप यादवले विरगंज ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । गत बुधबार वीरगन्ज बाइपास रोड अन्तर्गत गण्डक चोकमा करिब डेढ मिटर पाइपमा डोजर चलाउँदा धन्नै पेट्रोलियम पाइपलाइन फुटेर विस्फोट हुनबाट जोगिएको उनले बताए । डोजरले पाइपलाइनमा क्षति पुर्‍याए पनि गम्भीर दुर्घटना भने हुन पाएन।

विरगंज बाइपास सडक बिस्तार अन्तर्गतको काममा खटिएको डोजरले पाइप कोतरेको छ । डोजरको दाँतले कोतरेको पाइपलाइन तत्काल फेर्नुपर्ने अवस्थामा भने नरहेको यादबले बताएका छन्। डोजर चलाउँदा हेलचेक्र्याई गरेको उनले आरोप लगाएका छन् । पाइपलाइनको सुरक्षार्थ नेपाली सेना खटाइएको अवस्था छ । स‌ंवेदनशील क्षेत्रमा ग्रुप फोर सेक्युरीटीको गार्डले चौबिसै घण्टा रेखदेख गर्ने गरेको भएपनि यस्तो अवस्था आएकोप्रति उनले आपत्ति जनाए ।

पाइपलाइन रहेको स्थानमा तल खन्दै गएभने पनि तल वार्निंग टेप देखिन्छ । तर पनि डोजर किन चलाइयो भन्नेबारेमा पनि अनुसन्धान गर्नुपर्ने यादबको भनाई छ । पाइपलाइन नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर गरी ६९.२ किलोमिटर लामो छ । चेतावनीका लागि पाइपलाइनको हरेक ५० देखि एक सय मिटरको फरकमा सूचना बोर्ड राखिएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल–भारत पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनबाट भदौ २४ गतेबाट डिजेल ढुवानी सुरु भएको थियो । भारतको मेतीहारीस्थित बरौनी डीपोबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल नेपाल आयल निगमको अम्लेखगञ्ज डीपोले पाइपमार्फत लिन सक्ने गरी पाइपलाइन सञ्चालनमा छ ।
मोतिहारी र अमलेखगन्ज उचाईमा रहेपनि विरगंज भने अलि गहिरो भागमा छ । । पाइपलाइनबाट प्रतिघण्टा २ लाख ९४ हजार लिटर डिजेल मोतिहारीदेखि अम्लेखगन्जसम्म डीपोमा आइरहेको हुन्छ । ‘पाइप फुटेको भए विरगन्जमा लाखौँ लिटर तेल पोखिन्थ्यो र वीरगञ्ज ठूलो भवितव्यमा फस्न सक्ने थियो,’ डीपो प्रमुख यादवले भने । पेट्रोलियम पाइपलाइनको काम नेपालमा नयाँ प्रयोग भएकाले पनि कुनै कारबाही गर्ने कानुन बनिनसकेकोले गल्ति गर्नेलाई सम्झाएर मात्रै पठाएको डिपो प्रमुख यादबले बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: