शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

समस्याको जंजालमा छोरीले गरेको किरीया र बाबुले दिएको दाईजोको संयोग

२७-मंसिर-२०७६ | ०७:१५:११ pm

बितेका ३ दिनमा समाजमा २ घटना घटेकाछन् एउटा घटना इटहरीमा घटेको छ र अर्को तनहुँमा ।
इटहरीमा २ साना साना नानीहरुले आमाको किरिया गरी रहेका छन् ।

महिनाको एक हजार रुपैयाँ तिर्ने गरी लिएको माटोले पोतिएको एउटा झुप्रो कोठाजसमा भान्छा , ओछ्यान , अनि सानो पसल पनि त्यहीँ। त्यही पसलबाट सामान बेचेर जिविकोपार्जन गर्ने परिवार अहिले शोकमा डुबेको छ। किनकी १६ वर्षीया सनम आचार्य र उनकी ११ वर्षीया बहिनी स्वेच्छालाई छाडेर उनीहरुकी आमा राधा पर लोक भइन्। बाथ जस्तो दीर्घ रोगले उनलाई लामो समयसम्म च्यापी रहेको थियो एक दिन घरमा ग्रहशान्ती गर्दा गर्दै उनको मुत्यु भयो । ति नानीका बाउले पनि सवैलाई छोडेर अर्की ल्याएर बसेका थिए उनको पनि मृत्यु भै सकेको थियो एक बर्ष अगाडी नै ।

गरिवी प्रष्ट बाहिर छताछुल्ल छ यस्तो अवस्थामा ति गरिवलाई आमा मरेको ७ दिन सम्म कसैले हेरेनन् छोरा नभएपछि किरीया गरिदिने मानिस पनि भएन यस्तो भएपछि एक सहारा रहेकी ठूलीआमाले छोरीहरुलाई नै किरियामा बसालेकी छन् ।
फेरी पण्डितहरुले छोरीहरुले पिण्ड दिन हुदैन भनेर बुनै पण्डितले किरिया गराउन मानेनछन् अन्तममा ’ किरिया गर्ने पण्डित नभेटेको थाहा पाएपछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले घरमै पुगेर सहजिकरण गरिदिइन्। ‘तीन, चार जना पण्डितले किरिया नगर्ने भनेका थिए,’ गौतमले भनिन्, ‘मैले कुरा गरेपछि उपमेयरले नै भनेपछि गरिदिन्छु भनेर एक जनाले भन्नुभयो।’ बिहीबारदेखि छोरीहरुले आमालाई पिण्ड दिन थालेका छन्।
यसरी उपमेयरको सहयोगमा उनीहरुले पण्डित पनि पाएका छन् ।
अहिले चाहि सवै छिमेकीले पनि आर्थिक सहयोग गरेका र नगरपालकिाले पनि सहयोग गर्ने आश्वासन दिएको छ ।
यसरी २ नानीहरुले आमालाई हाम्रो मान्यता अनुसार तारेका छन् ।

दोश्रो घटना धटेको छ तनहुँमा

यहाँ नितान्त खुशिको खबर छ । यहाँ एक बुवाले छोरीको विवहा अरुले जस्तो उत्ताउलो दाइजो दिएनन् उनले दिए १० लाख्को बीमा पोलिसी
युनियन लाईफ ईन्सुरेन्स कम्पनीको १० वर्षे एकमुष्ट भुक्तानी बिमा पोलीसी खरिद गरि छोरीलाई उपहार दिएको कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सबिता भट्टराईले बताएका छन् । उक्त पोलीसीको प्रिमियम शुल्क ८ लाख रुपैया रहेको र २० लाख रुपैयाँसम्मको जोखिम बहन हुने पनि शाखा प्रमुख भट्टराईले बताए ।
यि दुवै घटना केही पनि होइनन् भन्न पनि सकिएला तर वास्तवमा यि घटनाले समाज एक स्टेप अगाडी पक्कै लगेको छ । स्मरण रहोस दाइजो दिन हुँदेन तर कुनै बावुले आफ्नी छोरीलाइ केही नदिई बस्न सक्दैन संभव भएसम्म ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: