मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

नेकपामा धर्मराउदो महिलाको स्थान

२७-पौष-२०७६ | ०४:३१:५४ pm

 

नेपालमा श्रीमानको मृत्यु भएमा श्रीमतिलाई सांसदको टिकट सहजै दिइन्छ किनकी यसले गर्दा जनताको सेन्टीमेन्ट सजिलै जित्न सकिन्छ । अन्यथा अरुबेलामा नेकपाले महिलालाई अगाडी बढ्न नदिएको देखिन्छ । हल्ला गर्दा त राष्ट्रपति बनाएकै छ । शुशिला कार्कीलाई माहा अभियोगबाट बचाएकै हो भनिन्छ तर यी दुवै कुरा असत्यछन् । किनकी विद्या भण्डारी पार्टी भित्र चलाख भएकोले च्याँखे थापेर पार्टीलाई थर्काएर राष्ट्रपति बनेकी हन् । शुशिलालाई प्रधान न्यायाधीश बनाएको नेकपाले होइन राजनीतिक लाभका लागि महा अभियोगमा कांग्रेसलाई असहयोग गरिएको मात्र हो । महिलालाई सम्मान गरिएको थिएन ।

अहिले कृष्ण बहादुर महरा पदमुक्त भएपछि सहजै रुपमा उपसभामुखलाई सभामुख बनाउनु पर्नेमा ओली त्यसमा अनुदार देखिएका छन् । यसको कारण के हो ? भेट्न सहज छ किनकी अहिले सम्म ओलीको पक्षमा कुनै पनि महिला को नाम नै छैन ।

हेरौ ओली पक्षका भनी पहिल्यै देखि चिनिएका पवनपुत्रहरु, बिष्णु रिमाल, ऐजन पौडेल, महेश बस्नेत, प्रदिप ज्ञवाली, गोकुल बास्कोटा, भानुभक्त ढकाल आदि । विद्यादेवी भण्डारी एक जना बाहेक सवै ओलीपदमा पुगे पछि मात्र साइनो गासिएका नेता हुन् ।

मनस्थितीगत रुपमा ओली को टोलीमा पुरुष मात्र बढी थिए । ओलीले सभामुखमा ल्याउन चाहेका सुवास नेम्वागं पनि त्यतिसारो खुलेर ओली पक्षीय नेता होइनन् । तैपनि अहिले ओलीले किन एक महिलालाई अवसर नदिएर नेम्वांगको पछि लागे त भन्ने कुराको खोजी गर्दा नेम्वांग सवैसंग राम्रै व्यवहार गर्न सक्ने क्षमता भएका मानिस हुन् ।
अहिले उनको प्रशासनीक सामिप्यता ओली तिर भएपनि कहिल्यै केही उटपटांग ओलीवादी जसरी प्रचण्डलाई पनि अपहेलना गरेको सुनिएको छैन ।
यसैकारणले प्रचण्डले पनि उनी प्रति सदभाव राखेको कसैबाट लुकेको छैन ।

शिवमायालाई सभामुख नबनाउँदा अब नेकपा संकट आउँदछ र त्यो दोष मात्र ओली ले लिनु पर्छ । किनकी पुर्व माओवादी त समावेशीको मुद्धा ल्याएर महिलालाई राजनीतिक उँचाईमा लगेकोले उसलाई दोष दिन नै मिलेन ।

ओली महिला प्रति कठोर हुन् वा नहुन् तर पछिल्ला दिनमा उनको व्यवहार त्यस्तै देखिएको छ । अन्यथा सभामुखको वीचमा बाहिरिएपछि महिला होस कि पुरुष उपसभामुखले नै सभामुख पाउनु पर्ने सोझो हिसाव हो । यदि गठबबन्धनको सरकार भएर कुरा नमिले अर्कै कुरा हो अन्यथा आधा आकाशको चित्त बुझाउन पनि तुम्वाहाम्फेलाई लाई सभामुख दिनु पर्ने ।

हुनतः प्रधानमन्त्रीलाई एमसिसि पास गराउने चिन्ता होला र नेम्वांगले कुनै तरिकाले यो पास गराइदेलान् भन्ने उनको आशा पनि पक्कै होला तर यहाँ स्पष्ट महिला र पुरुषको लडाँइ देखियो । यसले समाज लाई अनावश्यक रुपमा बाँड्ने काम भयो ।

आज सम्म देश बिग्रेको नै उचाँई खोज्दा हो । राजाको छोरा राजा, धेरै पटक काम गरेको मानिस त्यही पदमा हुनु पर्ने । यो राष्ट्रिय मानसिक रोग हो । अहिले देशको बिकास सुन्य भएको कारण पनि आफ्नो गुट च्यापेको कारणले हो । यो रोग कांग्रेसमा थियो अहिले नेकपामा पनि सर्यो । यसरी मान्छे छानेर देश बन्दैन । मौकादिने नसक्नेलाई हटाउने हो ।

व्यक्तिलाई नभएर बिधिलाई सम्मान गरिनु पर्दथ्यो ।
ओली महिला दुरी यहाँ मात्र होइन प्रदेश ३ मा मुख्य मन्त्री अष्टलष्मीलाई दिने भनेर हल्ला पिटाइयो आखिर एक पुरुषलाई नै अगाडी ल्याइयो । नेकपाका ६ वटै प्रदेशमा महिला छेनन् र पार्टी हाएकमानमा पनि एक जना महिला छैनन् । यसले कता कता ओली महिला प्रति अनुदार हुन् कि भन्ने देखिन्छ । तर नहोस यहि शुभकामना ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: