मंगलबार, साउन २०, २०७७ | Tuesday, August 04, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, साउन २०, २०७७ Tuesday, August 04, 2020
Welcome news

ट्रम्पको हत्या गर्नेलाई ३४ करोड इनाम दिने इरानी सांसदले गरे घोषणा

०८-माघ-२०७६ | ०९:१९:४० am

एजेन्सी–पश्चिम एशियाली इस्लामी मुलुक इरानका एकजना सांसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर इनाम स्वरुप पुरस्कार दिने घोषणा गरेका छन् ।

इरानको अर्धसरकारी समाचार संस्था आईएसएनएले सांसद अहमद हमजेले ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ३ मिलियन अमेरिकी डलर (३४ करोड नेपाली रुपैया) दिने घोषणा गरेको जनाएको छ ।

‘ट्रम्पको हत्या गर्ने जो कोहीलाई पनि केर्मान प्रान्तका जनताको तर्फबाट हामीले ३ मिलियन अमेरिकी डलर प्रदान गर्ने छौं’, हमजेलाई उदृत गर्दै समाचारमा लेखिएको छ । अन्य सांसदसमक्ष बोल्ने क्रममा उनले यस्तो घोषणा गरेका थिए ।

ट्रम्पलाई धम्की दिने उद्देश्यले इरानी धार्मिक सत्ताको निर्णय अनुसार उनले उक्त घोषणा गरे वा नगरेको भनेर केही खुलाइएको छैन । ‍

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: