मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
खेलकुद

क्रिकेट : नेपाल ओमानसँग पराजित

२२-माघ-२०७६ | ०५:३८:४४ pm

काठमाडौं । नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको त्रिकोणात्मक आईसीसी क्रिकेट लिग–२ सिरिजको उद्घाटन खेलमा नेपाल पराजित भयो।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई ओमानले १९८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो। नेपालका लागि ओपनरद्वय कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का लगातार आउट भएका थिए।

खेलमा शरद भेषावकरले ५५ रन बनाए। त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ रन जोडे। यसैगरी नेपालका लागि सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै २७ बलमा २८ रन बनाए।

यसअघि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: