मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
खेलकुद

सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न, बसन्त मुरारीलाई उपाधी

२३-माघ-२०७६ | ०७:४३:१३ pm

कैलाली । माघ १९ गते बाट सुरु भएको तेस्रो बर्दगोरीया सामुदायिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मुडा बजारको खेलमैदानमा आज सम्पन्न भएको छ । बर्दगोरीया सामुदायिक विद्यालय स्तरीय खेलकुद समितिको आयोजना र गाउपालिकाको आर्थिक सहयोगमा सो प्रतियोगिता भएको थियो ।

प्रतियोगितमा गाउपालिका भित्रका १७ सामुदायिक विद्यालय मध्य सम्पुर्ण विधा तर्फ अग्र स्थान हासील गर्दै बसन्त मुरारीले ट्रफी उचाल्न सफल भएको छ । मा वि तह,नि मा वि तह र प्रा वि तह मा कुल २६ स्वर्ण ,९ रजत र ८ कास्य पदक जित्दै सामुदायिक विद्यालय तर्फको उपाधि उचाल्न सफल भएको हो ।
मा वि तर्फ बसन्त मुरारी मा वि ले ११ स्वर्ण ७ रजत र ५ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

यसैगरी मुहन्याल मा वि ले १० स्वर्ण ,३ रजत र ८ कास्य पदक जित्दै द्धितिय स्थान हासिल गर्न सफल भएको छ । यसै गरी श्री मा वि ढोढरपुरले ४ स्वर्ण ,२ रजत र ५ कास्य पदक जित्न सफल भएको छ । यस्तै जगदम्भिके भगवति मा वि ले २ स्वर्ण,७ रजत र ६ कास्य पदक जित्न सफल भएको छ । यसैगरी मा वि तर्फ नै कालीका मा वि ले १ स्वर्ण ,९ रजत र ५ कास्य पदक जित्न सफल भएको छ ।

नि मा वि तर्फ बसन्त मुरारी मा वि ले प्रथम स्थान हासील गर्न सफल भएको छ । बसन्त मुरारीले १३ स्वर्ण र १ कास्य पदक जित्न सफल भएको छ । यसै गरी नि मा वि तर्फ ५ स्वर्ण ,१ रजत र १ कास्य पदक जित्दै कालीक मा वि द्धितिय स्थान हासील गर्न सफल भएको छ । यसै गरी बालकन्या आधारभुत विद्यालयले १ स्वर्ण ,७ रजत र १ कास्य पदक जित्न सफल भएको छ ।

यस्तै नारायण आधारभुत बेलुवाले १ स्वर्ण,१ रजत र १ कास्य पदक जित्न सफल भएको छ । यसै गरी प्रा वि तह तर्फ महुन्याल मा वि बास्कोटीले ३ स्वर्ण र २ रजत पदक जित्न सफल हुदै प्रथम स्थान हासील गर्न सफल भएको छ । यसै गरी बसन्त मुरारीले २ स्वर्ण,२ रजत र २ कास्य पदक जित्दै प्रा वि तह तर्फ द्धितिय स्थान हासील गर्न सफल भएको छ । यसै न्यु ज्योति प्रा वि ले २ स्वर्ण ,१ रजत पदक जित्न सफल भएको छ । यस्तै प्रा वि तह तर्फ महोन्यल प्रा वि जोकाहीले २ स्वर्ण पदक जित्न सफल भएको छ ।

गाउपालिका भित्रका १७ वटा सामुदायिक विद्यालयको सहभगिता रहेको थियो । सामाजिक विकास समिति संयोजक तथा वडा अध्यक्ष जयरुप खतिवडाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि गाउपालिका उपाध्यक्ष भगवति डगौरा थारु रहेका थिए । शिक्षक प्रमोद साउदले संचालन गरेको कार्यक्रममा वडा नं ४ का अध्यक्ष पुरन सिंह वि सी, सामुदायिक विद्यालय स्तरीय खेलकुद समितिका संयोजक उदय सिंह वि सी,श्री मा वि कोटातुल्सीपुरका प्र अ तारा शर्मा जोशिले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: