मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

प्रचण्डले कसरी ओलीलाई राजी बनाए फागुन १ गतेका लागि

२८-माघ-२०७६ | ०२:५९:५४ pm

 

नेपालमा माओवादी जनयुद्धको आफ्नै महत्व वा बदनामी छ । कसैले यसलाई मुक्ति दिवसको रुपमा मनाउँदछन् भने कसैले खराव दिनको रुपमा अथ्र्याउँदछन् ।
नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाइँदै आएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जलि सभाको रुपमा आयोजना गर्ने सहमति भएको हो ।

माओवादी युद्धको खरो रुपमा आलोचना गर्ने गरेका ओली सहभागी हुने भएपछि जनयुद्ध दिवसलाई ‘जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जलि सभा नाम दिइएको छ । अघिल्लो वर्ष जनयुद्ध दिवस पूर्वमाओवादीको कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरि पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरुले मनाएका थिए ।

तर, यसपटक भने नेकपाको पार्टी कार्यालय धम्बाराहीमा मनाउने निर्णय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल तथा ईश्वरी रिजालले संयुक्त विज्ञप्ति जारी गरेको विज्ञप्तिमा जनाइएको छ । फागुन १ गते बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजना हुने सो सभालाई अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
जे होस समयले परिभाषाहरु परिवर्तन गरिदिएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: