मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

सरकारले अर्जुन कार्कीमाथि अनुसन्धान गरी घटनाको यथार्थता बाहिर ल्याओस्

२९-माघ-२०७६ | १२:२१:४० pm

घटना सामान्य हुन सक्छन् । तर, त्यसले पार्ने प्रभाव विशेष हुन सक्छ । पछिल्लो समय नेपालमा बलात्कार, हत्या, परस्त्री र परपुरुष सहबास पछिल्लो समय निकै मौलाउँदै गएका छन् । जसका कारण कतिपयले आफ्नो जीवनभरको मिहिनेत र कतिपयले घरबार पूरै गुमाउन बाध्य भई बर्बादी भएका छन् ।

पछिल्लो सयम यस किसिमका गम्भीर घटना दिनानुदिन बाहिर  आइरहेका छन् । नेपाली समाज यसो हुनुको मुख्य कारण वैदेशिक रोजगारलाई मानिन्छ । यद्यपि यो घटनामा श्रीमान् श्रीमती लामो समयसम्म छुट्टिएर बस्न बाध्य हँुदा पनि यस किसिमका समस्या आउने गरेका उदाहरण पाइन्छन् ।

त्यसैमध्येको पूर्वसचिव पत्नी हत्या र कामदार विजय चौधरी आत्महत्या (पुष्टि भएको छैन) प्रकरण बाहिर आएको छ ।
अझ चौधरीको भित्री वस्त्रमा वीर्य र रगत भेटिनुले यो विषयलाई अझ शसंकित बनाएको छ ।

यो घटना सरकारले करिब अढाई वर्षअघि कन्चनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्यारा दीपिप विष्ट नै हुन भनी ठहर गरेको समय आसपास आएको छ ।

कन्चनपुरकी ११ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या कसले ग¥यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । करिब अढाई वर्ष यो विषय राष्ट्रिय चर्चाको विषयको रुपमा रह्यो ।

यो बीचमा प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय दीलिप विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढायो । जसका कारण कन्चनपुर पूरै उर्लियो ।

स्थानीय सरकार र प्रशासनले यो विषयलाई टुंग्यान नसकेकै कारण राष्ट्रिय मुद्दा बन्यो । केन्द्रबाट अनुसन्धान टोली, मानवअधिकारवादी पटकपटक कन्चनपुर पुगे । केन्द्रबाट मानववादी कन्चनपुर पुगेर मानवअधिकारका नाममा स्थानीयलाई भिडाए । प्रहरी प्रमुख सर्वेन्द्र खनाल पटकपटक कन्चनपुर पुगे । केही प्रहरी अधिकारी निलम्वित भए ।

तर, निर्मला पन्त हत्याकाण्ड पत्ता लाग्न सकेन । उच्चस्तरी अनुसधान टोली एउटाले मात्र नभई दुई÷दुईवटा बनाइए । पहिले गठन गरिएको अनुसन्धान टोलीले दिएको प्रतिवेदन बुझायो ।

तर, सरकारले पुनः यस घटनाबारे अर्को अनुसन्धान टोली गठन गर्यो । अन्ततः सरकारले दीलिप विष्टलाई नै दोषी ठहर गरेको छ । विष्टलाई दोषी नै ठहर गरे पनि यस घटनामा स्थानीय मेयर र गृहमन्त्री रामबहादुर थापाका छोरोका नाम अझै जोडिइरहेको छ ।
यसका अलाव सरकारले शक्तिको प्रयोग गरी दीलिप विष्टलाई फसाइयो भनी आमनागरिले गुनासो अझै कायम छ ।

सरकारले करिब खढई वर्ष पुरानो घटनाको दोषी ठहर गरेकै दिन नेपाल सरकारका उच्चपदस्थ सचिव अर्जुन कार्कीकी श्रीमती र उनको घरमा काम गर्ने कामदार विजय चौधरीको एकैसाथ हत्या भएको घटना बाहिरिएको छ ।

अर्जुन कार्कीको सानेपास्थित निवासमा मुना (सचिवपत्नी) को हत्या घरेलु कामदार विजय चौधरीले नै गरी आफैँ आत्महत्या गरेको प्रारम्भिक अनुमान ग¥यो ।

यसका अलवा कामदारको रुपमा रहेका विजय चौधरीको भित्री वस्त्रमा वीर्य र रगत भेट्टिएको दाबी पनि गरिएको छ । भित्री वस्त्रमा विर्य र रगत भेटिएको प्रहरीको जनाएको छ । यसका अलवा मुनाको मासिकश्राव चलिरहेको प्रहरीले खुलाएको छ ।

तर, महिनवारी भएकी सचविपत्नी मुना किचनमा काम गरिरहेको खुलेको छ । उनी (मुना) किचनमा काम गरिरहेको अवस्थामा चौधरीले पछाडिबाट डोरीले घाँटी न्याकेको सिसिटिभी फुटेमा देखिएको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीले चौधरीले किन त्यसो गरे भन्ने विषय खुलेको छैन ।

तर, त्यसदिन पूर्वसचिव कार्कीले नियमित आफैँले चिया बनाइ श्रीमतीसहित कामदार चौधरीलगायतलाई दिनु,उनी पूजापाठ लगाउन भन्दै एक्लै पशुपतिनाथ मन्दिर जानु, श्रीमान् पूजा लगाउन मन्दिर जानु तर, रजस्वला भएकी (मुना) किचनमा देखिनु, चौधरीले करिब ६ वर्षदेखि निरन्तर विनातलब निरन्तर काम गरिरहनु र लामो समयसम्म करिब २४÷२५ वर्षका चौधरी लामोसमयदेखि कामदारका रुपमा रहनु, त्यो पनि विनातलब यो निकै रहस्यमय बनेको छ । तसर्थ पूर्वसचिव कार्कीसहित उनकी श्रीमती (मुना) चौधरीको कल डिटेल लिई पूर्वसचिवमाथि अनुसन्धान अगाडि बढाउनुपर्छ ।

घटना सामान्य र सरल भए पनि त्यसले पार्ने प्रभाव निकै खतरनाक हुन्छ । पूर्वसचिव कार्की पत्नी र काम गर्ने चौधरीको हत्या र आत्म हत्या अझ खतरनाक छ । यसको प्रभावले सामान्य घटनाको तुलनामा अझ बढी प्रभाव पार्छ । तसर्थ यो घटनालाई संवेदनशील घटनाका रुपमा लिई सरकारले चाँडोभन्दा चाँडो यथार्थता बाहिर ल्याउनुपर्छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: