मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
खेलकुद

खेलमा तीनै गोल जुमानु राईले गरे

०१-फाल्गुण-२०७६ | ०१:०१:५४ pm

काठमाडौं । जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा जित हासिल गरेका छन । मंगलबार बिहान भएको खेलमा फ्रेण्ड्सलाई २–० ले पराजित गर्दै पुलिसले जित्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा तीनै गोल जुमानुले गरे । उनले ४९ औं, ५४ औं र ८५ औं मिनेटमा गोल गरेका थिए ।

योसँगै जुमानु यो सिजनमा ह्याट्रिक गर्ने दोस्रा खेलाडी बनेका छन् । ०७० पछि जुमानले लिगमा गरेको यो पहिलो गोल हो । यसअघि थ्री स्टारका संजोक राईले सरस्वतीविरुद्ध ह्याट्रिक गरेका हुन । यस सिजन छैटौं जित हात पारेको पुलिसले शीर्ष ६ मा स्थान पक्का गरेको हो ।

१३ खेलबाट २० अंक जोडेको पुलिस पाँचौं स्थानमा उक्लेको छ । अब जावालखेल युथ क्लबको अन्तिम खेलको नतिजाले पुलिसले पाँचौ वा छैटौं हुने टुङ्गो लाग्ने छ । फ्रेण्ड्स भने १३ खेलबाट १४ अंकसहित दशौं स्थानमा पुगेका छन।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: