मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

आचार्य बालकृष्ण फागुन २ गते नेपाल आउदै

स्वामी रामदेवको सानिध्यमा पोखरामा बृहत योग शिविर हुने

०१-फाल्गुण-२०७६ | ०४:०२:२१ pm

काठमाडौं-योग र आयुर्वेदको क्षेत्रमा विश्वमा नै नाम कहलिएको भारतको पतन्जली योगपिठका महामन्त्री तथा पतन्जली आयुर्बेद कम्पनीका सिइओ आचार्य बालकृष्ण फागुन २ शुक्रवार नेपाल आउने भएका छन ।
पतन्जली योग समिति नेपाल निकट सुत्रले आचार्यको आगमन मुख्यतः धुलिखेलमा हुन गइरहेको युवा विशेष योग तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रमका लागि हुन लागेको बताइएको छ ।
पतन्जली योग समिति नेपाल अन्तर्गतको युवा नेपाल समिति बागमति प्रदेशको आयोजनामा काभ्रेको धुलिखेलमा यही फागुन ३ गते शनिवार देखि ७ दिवसीय युवा विशेष योग तथा व्यक्तित्व विकास प्रशिक्षण हुन गइरहेको छ । गत बर्ष भारतको हरिद्वारमा पतन्जली योगपिठबाट करिब ७०० नेपाली युवाहरुलाई सोहि प्रकृतिको एक महिने आवासीय प्रशिक्षण प्रदान गरिएको थियो ।
धुलिखेल पछि आचार्य बालकृष्ण नेपालमा पतन्जलीका उत्पादन प्रबद्र्धनका लागि नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ भने चैत्र महिनामा पर्यटकीय शहर पोखरामा बृहत योग शिविर हुने र उक्त योग शिविर योग ऋषि स्वामी रामदेवको सान्नीध्यमा समेत गर्न आवश्यक व्यवस्थाको लागि पोखरा समेत जाने बताइएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: