मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

दुर्घटना हुँदा पाँचको मृत्यु

०२-फाल्गुण-२०७६ | ११:०१:४६ am

काठमाडौं । धादिङ, काभ्रे, दोलखा, कैलाली, कञ्चनपुर र बाँकेमा भएका सवारी दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । बिहीबार राति र आजन बिहान दुर्घटना हुँदा पाँचको मृत्यु भएको हो ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ चरौँदी पुलनजिकै आज बिहान स्कुटरलाई पहिचान नखुलेको गाडीले ठक्कर दिँदा एकको ज्यान गएको छ ।

प्रहरीले गाडीले ठक्कर दिँदा स्कुटरचालक सोलुखुम्बुको मुक्ली गाउँपालिका १ घर भई काठमाडौं बस्ने प्रकाश बस्नेतको ज्यान गएको जनाएको छ ।

यस्तै, काभ्रेको पनौतीमा पर्खालमा मोटरसाइकल ठोक्किँदा धुलिखेल नगरपालिका १२ पस्कोटका सञ्जिव तामाङको ज्यान गएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका ५ को चौरीमा जीपमा चढेर खेल्ने क्रममा ढालाले लागेर जनक चन्दका डेढ वर्षीय छोराको ज्यान गएको छ ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका १० को चकमेलीमा बिहीबार राति तीनजना चढेको मोटरसाइकल पल्टिँदा चालक धनगढी उपमहानगरपालिका ११ का शिवराज रानाको ज्यान गएको छ ।

रानाको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा राति पौने १२ बजे ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २० वर्षीय लालबहादुर राना र २३ वर्षीय धनीराम रानाको अवस्था भने सामान्य रहेको छ ।

बाँकेको राप्ती सोनारी गाँउपालिका १ को सिक्टा मोडमा पनि बिहीबार राति तीन जना सवार भे. ४प ६७४६ नम्बको मोटरसाइकल अनिन्यत्रित भएर पल्टिँदा एकको ज्यान गएको छ अन्य दुई घाइते भएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: