मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

ललिता निवास प्रकरणमा संलग्न पूर्वप्रधानमन्त्रीद्वको मुद्दा प्रधानन्यायाधीशले हेर्ने

०२-फाल्गुण-२०७६ | ११:२२:१७ am

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल तथा डा. बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै दायर मुद्दा चोलेन्द्र शमशेरले हेर्ने भएका छन् ।

नेपाल र भट्टराईविरुद्ध बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेपछि उक्त मुद्दा शमशेरले हेर्ने भएका हुन् ।

अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएपछि कानुनविपरीतको निर्णय हो भन्दै ललिता निवासको जग्गा व्यक्तिका नाममा पु¥याउन निर्णय गर्ने दुवै मन्त्रीमण्डलमा संलग्न सबैलाई मुद्दा माग गर्दै मुद्दा हालेका थिए ।

नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको तर्क छ । सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: