मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
प्रदेश नं १

१८ हजारभन्दा बढीलाई दादुरा विरुद्धको खोप दिने

०२-फाल्गुण-२०७६ | ११:५६:०४ am

खोटाङ । खोटाङमा १८ हजारभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप दिने सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियानमा पहिलो र दोश्रो चरण गरेर यहाँका १८ हजार पाँच सय २२ जना बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

खोटाङका १० स्थानीय तहमध्ये पहिलो चरणमा तीन स्थानीय तहका ९ महिनादेखि ५ वर्षभन्दा कम उम्मेरका बालबालिकालाई दादुरा विरुद्धको खोप दिन सुरु गरिएको हो ।

पहिलो चरणमा जिल्लाको खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका करिब पाँच हजार बालबालिकालाई दादुरारुवेला विरुद्धको खोप दिइने जिल्ला अस्पतालले बताएको । कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताएको छ । ती स्थानीय तहमा फागुन ९ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ। बाँकी स्थानीय तहमा आगामी फागुन १५ देखि २३ गतेसम्म खोप अभियान सञ्चालन हुने भएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: