मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

नेपाली कांग्रेसका नेता दुर्गाप्रसाद उपाध्यायको निधन

०२-फाल्गुण-२०७६ | १२:१५:३९ pm

काठमाडौँ । राष्ट्रिय सभाका सांसद तथा नेपाली कांग्रेसका प्रभावसालि नेता दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएको छ । आन्द्राको क्यान्सरबाट एक वर्षदेखि पीडित उपाध्यायको बिहान रुपन्देहीस्थित आफ्‍नै निवासमा निधन भएको कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मैलवाटमा रहेको निवासमा उनको निधन भएको हो। ५० वर्षीको उमेरमा उपाध्यायको निधन भएको हो । उपाध्यायको शुक्रबार नै अन्तिम संस्कार गर्ने तयारी भइरहेको रुपन्देही कांग्रेस नेता सञ्जिव बस्यालले जानकारी दिएका छन् ।

उपाध्याय प्रदेश नं ५ मा कांग्रेसका तर्फबाट अन्य समूहमा राष्ट्रिय सभामा निर्वाचित भएका हुन । उपाध्यायको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल यही फागुन २१ गते सकिँदै थियो।उनी यसअघि कांग्रेस रुपन्देही ५ का क्षेत्रीय सभापति पनि थिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: