मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

जुम्लामा सुत्केरीआमाले पाएनन् सुत्केरी भत्ता

०२-फाल्गुण-२०७६ | १२:३९:५० pm

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा सुत्केरीले भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको सुत्केरी भत्ता नपाएको हसुत्केरी आमारले गुनासो राखेका छन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ। गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु तीन हजार प्राप्त गर्दछन्। बजेट नआएको जवाफ पैसा माग्न जाँदा स्वास्थ्य संस्थाले दिँदै आएको कनकासुन्दरी गाउँपालिका–२ मालिका बोताकी सुनमाया रावतले बताइन ।

हाड्सिन्जा बर्थिङ सेन्टरमा ३८ र मालिका बोतामाका २१ महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी पुर्‍याइएकोे जनाइएको छ । तर हालसम्म भत्ता नपाएको बताइएका छन् । यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधी खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने रकम रु ८०० पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन्।

कनकासुन्दरी गाउँपालिकाका लेखापालक गोपाल बुढाले गत वर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताएका छन् । उनले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने बताएका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: