मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा १ अर्ब बजेट आवश्यक पर्ने : सदस्य सचिव सिलवाल

०३-चैत्र-२०७६ | ११:५९:२९ am

काठमाण्डौँ । आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी सुरु गरिएको छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन्।

प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइरहेको उनले भने । उनको भने , राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिरहेका छौ ।

सदस्यसचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पुर्याउने गरी काम भइरहेको उल्लेख गरेका छन् ।

गत वर्ष रु एक अर्ब २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहे पनि यहाँका खेलकर्मीको मागअनुसार क्षमता वृद्धि गर्न लागिएको र लागतसमेत रु २० करोड वृद्धि हुने जानकारी उनले दिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: