मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

प्रधानमन्त्रीले अत्यावश्यक भेट मात्र गर्ने, दाहाल र देउवा होम क्वारेन्टाइनमा

१०-चैत्र-२०७६ | ०७:३८:०१ am

काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरुले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् ।

कोरोना संक्रमण विश्वभर फैलँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सबै राजनीतिक दलका शीर्ष नेताले दैनिक भेटघाट र कार्यक्रम बन्द गरेका हुन् ।

प्रधानमन्त्रीज्यूले अति आवश्यक भेटघाट र जरुरी काम तथा निर्देशनलाई निरन्तरता दिइरहनु भएको छ, दैनिक रूपमा हुने अन्य कार्यक्रममा भने सहभागिता जनाउनुभएको छैन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राजधानीसँग भने ।

प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए भने मन्त्रिपरिषद्को बैठकमा पनि सहभागी भएका थिए ।यसैगरी, नेकपाका अध्यक्ष दाहालले नेता कार्यकर्तासँग हुने गरेका दैनिक भेटघाट तथा कार्यक्रम बन्द गरेका छन् । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्ष दाहालले विगत एक सातादेखि नै नियमित भेटघाट र कार्यक्रममा सहभागिता नजनाएको जानकारी दिए ।

आवश्यकता हेरेर मात्र बाहिर निस्कने भन्ने छ, एक सातादेखि नियमित भेटघाट र बाहिरका कार्यक्रम बन्द छन्, उहाँले घरमै अध्ययनमा समय बिताइरहनुभएको छ,’ सापकोटाले भने ।

यस्तै,कांग्रेस सभापति शेरबहादुर देउवाले समेत निवास तथा पार्टी कार्यालयमा हुँदै आएका नियमित भेटघाट तथा दैनिक कार्यक्रममा सहभागिता जनाउन बन्द गरिसकेका छन् । देउवाले विगत तीन दिनदेखि कसैसँग पनि भेटघाट नगरेको उनको सचिवालयले जनाएको छ ।महŒवपूर्ण भेटघाटबाहेक नियमित भेटघाटसहित कुनै पनि कार्यक्रममा सहभागिता भएको छैन, विगत तीन दिनदेखि भेटघाट पूर्णतः बन्द छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति विमलेन्द्र निधिसहितका नेताहरुले निवास तथा पार्टी कार्यालयमा गर्दै आएका नियमित भेटघाट बन्द गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणको खतरा बढेपछि सरकारले सबै नागरिकलाई सचेत रहन र संक्रमणबाट जोगिने हदैसम्मको सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । राजधानि दैनिक

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: