Welcome news
११-चैत्र-२०७६ | ०७:३०:३१ pm
टोकियो ओलम्पिक प्रतियोगिता स्थगित

एजेन्सी–आगामी जुलाई २४ देखि जापानको राजधानी टोकियोमा हुने भनिएको टोकियो ओलम्पिक खेल प्रतियोगिता स्थगित भएको छ।
जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचबीच मंगलबार भएको भेटवार्तापछि ओलम्पिक स्थगनको निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम
कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिएपछि टोकियोमा हुने भनिएको ओलम्पिक स्थगित गरिएको हो। अब कोरोनाको महामारी अन्त्यपछि मात्रै ओलम्पिक हुने बताइएको छ।
जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमाथि ओलम्पिक स्थगित गर्न दवाव बढ्दै गएको थियो।
क्यानडा र अष्ट्रेलियाले आफ्ना खेलाडीहरुको सुरक्षा महत्वपूर्ण रहेको भन्दै टोकियो ओलम्पिकमा सहभागी नहुने बताएका थिए।
[bsa_pro_ad_space id=16]