शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

कोरोनाको प्रकोप इष्टरसम्म रोकिने : ट्रम्प

१२-चैत्र-२०७६ | ०८:५५:३६ pm

अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी इष्टरसम्ममा कोरोना भाइरसको महामारी सकिने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा यस्तो विश्वास व्यक्त गरेका हुन् ।

केही साताअघिमात्र राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा राष्ट्रिय संकट घोषणा गरेका थिए । अमेरिकाको न्यूयोर्क राज्यमा हाल कोरोना भाइरस ‘बुलेट ट्रेन’ को गतिमा फैलिरहेको त्यहाँका गभर्नर एण्ड्रियू कुओमोले टिप्पणी गरेको केही समयलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५४ हजार ९ सय ३५ जना संक्रमित छन् भने यसबाट हालसम्म ७ सयजनाभन्दा धेरैको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको नयाँ केन्द्रविन्दु अमेरिका हुनसक्ने चेतावनी दिइसकेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको आर्थिक जोखिमलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलरको सहायता प्याकेजमा सहमति जुटेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको कंग्रेसका दुई दल डेमोक्र्याटिक पार्टी र रिपबिलकन पार्टीका नेताहरुबीच कोरोना भाइरसबाट अमेरिकी अर्थतन्त्रमा पर्न जाने असरलाई मध्यनजर गर्दै २० खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज ल्याइएको हो । एजेन्सी

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: