मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

शेयर कारोबार खुल्ने दिन फिक्स भयो

१३-चैत्र-२०७६ | ०९:०९:३८ am

 

 

नेपाल सरकारले ५ कार्य दिनका लागि रोकेको शेयर कारोबार आगामी चैत्र १८ गते मंगलबार देखि फेरी खुलाउने कुरा धीतोपत्रबोर्डले जनाएको छ ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले सेयर कारोबार खुलाउने निर्णय गरेको थियो ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट सजग रहन र सतर्कता अपनाइ बैंकिङ, बीमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धि न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने । साथै कुन–कुन सेवा कुन क्षेत्रबाट दिने हो सोको सञ्चारमाध्ष्यमबाट सेवागथ्राहीलाई जानकारी गराउने,’ निर्णयमा भनिएको छ ।

सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्न निर्देशन दिएसँगै गत सोमबारदेखि धितोपत्र बोर्डले ५ कारोबार दिन सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो ।

भारतमा पनि लकडाउनमा सेयर कारोबार भइरहेको छ ।

बैठकले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित ९ वटा निर्णय गरेको छ । बैठकले चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्नेलगायतका निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले यस्तो सहुलियत दिने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अबलम्बन गरिने विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी भुक्तानी गर्नुपर्ने दस्तुरमा छुट दिने वा त्यस्तो शुल्क न्यूनतम कायम गर्नुपर्नेछ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: