मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

कोरोनाका कारण इटालीमा कम्तिमा ५० पादरीको मृत्यु

१३-चैत्र-२०७६ | १०:५४:५६ am

विश्वव्यापी महामारी प्रकोपका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण सबभन्दा धेरै मान्छेको ज्यान गएको युरोपियन मुलुक इटालीमा अहिलेसम्म कम्तिमा ५० जना चर्चका प्रमुख मानिने पादरीको निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि रहेका छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।

उनले आफ्नो रेस्पिरेटर कोरोना भाइरसका कारण संक्रमित भएका अपरिचित युवालाई दिन चाहेका थिए । तर नजिकका साथीहरुले त्यो स्वीकार गरेनन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: