मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

इन्डक्सनमा खाना पकाउनेले विद्युत महसुलमा २० प्रतिशत छुट पाउने

१३-चैत्र-२०७६ | ११:०२:३१ am

काठमाडौं । लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेले विद्युत महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।

ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन ऊर्जामन्त्री वर्षमान पुनले टेलिफोनमार्फत निर्देशन दिएका हुन् ।

मन्त्री पुनले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म छुट दिन निर्देशन दिएका छन् ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए । ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ । विद्युत हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ ।’

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: