मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

सरकार २१ दिनसम्म लकडाउन लम्ब्याउने तयारी गर्दै

१३-चैत्र-२०७६ | ११:१८:३५ am

काठमाडौं–केपि ओली नेतृत्वको सरकारले एक हप्ताको लागि मुलुक भर गरेको लकडाउनलाई २१ दिनसम्म लम्ब्याउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एकसाताको लकडाउन पर्याप्त नभएको भन्दै सरकारले २१ दिनसम्म बढाउन सक्ने बताएको छ। मन्त्री भट्टराईले लकडाउनलाई जनताले पूर्णरुपमा पालना नगरे देश र जनताको ठूलो क्षति हुने भन्दै एकसाताको लकडाउनले नपुग्ने भएकाले २१ दिनसम्मको लकडाउन सहने गरि बस्न तयार हुनुपर्ने बताए ।

सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन समेत शुरु गरेको छ । उच्चस्तरीय समन्य समितिले मन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: