मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

छाक टार्न समस्या हुने ज्यादनरिलाई १० किलो चामल-दुई किलो दाल बितरण गरिदैँ

१३-चैत्र-२०७६ | ११:१५:१४ am

बुटवल । दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।

देशव्यापी कोभिड–१९ संक्रमणको जोखिमका कारण ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो ।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेको अनुमान गरी खाद्यान्न व्यवस्था भएपछि यो निर्णय गरेका छौं’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ।’

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: