मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

इण्डियन प्रिमियर लिग (आइपिएल) स्थगित

०३-बैशाख-२०७७ | ०१:५०:२८ pm

इण्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ।

भारतमा लकडाउनको अवधि बढाइएसँगै अप्रिल १५ देखि हुने भनिएको आइपिएल अनिश्चितकालका लागि स्थगित भएको हो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले आइपिएल स्थगित गरिएको सबै फ्रेन्चाइज टिमलाई जानकारी दिएको छ।

अब आइपिएल कहिले हुने विषयमा निश्चित छैन।

बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीसँग अब आइपिएल सेप्टेम्बर-नोभेम्बर गर्ने विकल्प छ ।

तर यो मितिमा टी-२० विश्वकप हुँदैछ। त्यसैले बिसिसिआईले सेप्टेम्बरमा एकै महिनामा आइपिएल सकाउनु पर्ने हुनेछ। यो हुँदा पनि एसिया कपलाई असर गर्नेछ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: