बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
खेलकुद

महिला युरो कप सन् २०२२ को जुलाईमा हुने

१०-बैशाख-२०७७ | ०१:००:१९ pm

काठमाडौं । महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो ।

युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ । महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: