सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

चीनमा कोरोना भाइरसको महामारीपछि बन्द भएका विद्यालय धमाधम खुल्दै

१६-बैशाख-२०७७ | ०८:१२:३५ am

काठमाडौं । चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।

कोरोना भाइरसको महामारीपछि सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका हुन् ।

विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि राजधानी बेइजिङमा पनि स्वीकृति दिइएको छ ।

अरु धेरै सहरमा यसअघि नै विद्यालयहरु खुलेका छन् ।

चीनको वुहानमा समेत मे महिनाको ६ तारिखदेखि विद्यालय खुलाउने तयारी छ ।

कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको चीनले बताएको छ ।

गत शुक्रबारदेखि चीनमा जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वुहान शहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यद्यपि त्यहाँ संक्रमण फेरि फैलिन सक्ने सम्भावना रहेको भन्दै सामाजिक दूरी कायम राख्ने उपायहरु कडाइपूर्वक पालना गराइएको छ ।

विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।

चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् ।

चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ ।

बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: