शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

कला

पूर्वबाट उदाएकाहरू…

२७-बैशाख-२०७७ | ०२:२१:१३ pm

‘पूर्व’ बिम्ब उज्यालोको प्रतीक । पूर्वबाटै घाम झुल्किन्छ । हाम्रो पूर्वी भुगोल एकदमै सुन्दर छ, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, जैबिक हरेक हिसाबमा ।

जनजागरण र परिवर्तनका लागि पूर्वेलीहरूले पुर्‍याएको योगदान सुनौला अक्षरले लेखिएको छ । नेपाली वाङ्मयमा पूर्वका प्रतिभाले अतुलनिय योगदान दिएका छन् ।

पूर्वेली माटोमा जन्मे-हुर्केर कला, साहित्य, संगीत र संस्कृतिको विकासमा समर्पित हुनेहरूको संख्या पनि ठूलो छ ।

यहाँ पोखरेली कलाकार कृष्ण मर्सानीले छानेका केही स्रष्टाको मुहारचित्र पस्किएको छ । सबै मुहारचित्र मर्सानीले बनाएका हुन् ।

उनी हरेक बिहान एक जनाको मुहारचित्र बनाएर आफ्नो फेसबुक वालमा पोष्ट गर्छन् । त्यसमा त्यस पात्रको संक्षिप्त जानकारी पनि राखिदिन्छन् । यसरी सत्पात्रहरूको सम्मान गर्दागर्दै मर्सानी आफैं सम्मानित भैसके ।

उनले आफ्नो ‘बसिबियाँलो’ श्रृङ्खलामा २८ मे २०१६ देखि मुहारचित्र बनाउन थालेका हुन् । शनिबार बिहान उनले त्यही शृङ्खलाको १४२९ औं नम्बरमा शिव कुमार ढकाल ‘ऋतु’को मुहारचित्र पस्किएका छन् ।

उनी बिसं २०७७ सालभित्रै काठमाडौं र पोखरामा मुहारचित्रको प्रदर्शनी गर्ने योजनामा छन् । अब पूर्वेली शुभेच्छुकहरूले पूर्वी नेपालका धरान, विराटनगर, विर्तामोड, धनकुटा वा इलाममा पनि प्रदर्शनी गर्न मर्सानीलाई निम्तो दिनु पर्छ । निम्तोसँगै आर्थिक तथा नैतिक बल पनि दिनु पर्छ ।

अर्को कुरा, उनी मुहारचित्रको सँगालो किताबका रुपमा प्रकाशित गर्ने तयारीमा छन् । उनले बनाएका सबै चित्र एउटा पुस्तकमा अटाउँदैन । त्यस पुस्तकमा छापिनेहरूले गर्ब गर्नेछन् ।

समस्त पूर्वेली स्रष्टा र कलाकार मर्सानीको जीवनयात्रा शुभ होस् । शुभकामना !

प्रकाश दिप्साली
कल्पना गाैतम
राधा सुबेदी
बिक्रम श्री
धनकुटे कान्छा
बादलदेवी चाम्लिङ
हर्कमान तामाङ
हिरा खड्रका अधिकारी
लक्ष्मी ढुङ्रगाना
चेवन राइ
राेशन परियार
मिश्रा गुरूङ
छवि बैरागी
तारा दिप्साली
शिव छिछाङ
तिलाश्री निराैला
बाबुराम न्याैपाने
सरू बस्नेत
भिम कुमार राइ
प्रेमा दाहाल
रीता तम्राकार
तिला लेकाली
विमला कार्की
गीता भट्टराइ संगीतप्रेमी
सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: