मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

एम्बुलेन्समा जिपिएस जडान

२९-बैशाख-२०७७ | ०७:२४:०९ am

काभ्रे-एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको छ ।

काभ्रपलाञ्चोकमा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको हाे ।

२० वटा एम्बुलेन्समा धुलिखेल अस्पतालले अनुगमन गर्ने गरी जिपिएस डिभाइस जडान गरिएको हो ।

जिल्लामा सञ्चालित एम्बुलेन्सहरुमा जिपिएस डिभाइस जडान सकिएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए ।

‘जिल्लाभर सञ्चालनमा रहेका ३५ वटा एम्बुलेन्समध्ये २० वटामा जिपिएस जडान गरेको छ,’ उनले भने, ‘जिपिएस जडान गरिएको एम्बुलेन्सहरुको मनिटरिङ धुलिखेल अस्पतालबाट गरिने छ।’

काभ्रेमा सञ्चालनमा रहेकामध्ये दुईवटा एम्बुलेन्समा यसअघि नै जिपिएस जडान गरिएको छ ।

त्यस्तै चौरीदेउराली र बेथानचोक गाउँपालिकाका चारवटा एम्बुलेन्समा जिपिएस डिभाइस जडान गरिएका छन् ।

ती एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीमार्फत हस्तान्तरण गरिएको थियो ।

यहाँ अस्पताल, रेडक्रस, स्थानीय तह, स्वास्थ्य कार्यालय, क्लवले एम्बुलेन्स सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: