आइपिएल रद्द भए भारतलाई करोडौं घाटा हुने

काठमाडौं-भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ ।
कोरोना भाइरसको महामारीसँगै जारी लकडाउनका कारण आईपिएल स्थगित भएकाे हाे ।
आईपिएल स्थगित भएसँगै यही अवस्था रहे प्रतियोगिता रद्द नै हुने आशंकासमेत गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसिसीआई) का कोषाध्यष अरुण धूमलले क्रिकेट वेभसाईट क्रिकबजसँग आईपीएल रद्ध भए करिब ४ हजार करोड रुपैयाँ घाटा हुने बताएका छन् ।
धूमलले भने—दुईपक्षीय सिरीज नहुँदा ठूलो नोक्सानी भइरहेको छ, यदि आइपिएल पनि गराउन सकेनौं भने, करिब ४ हजार करोड रुपैँया राजस्वमा घाटा हुनेछ।’
यो घाटाबाट बच्न र आइपिएल गराउनका लागि उपयुक्त विकल्पमाथि बिसिसीआईले विचार गरिरहेको छ ।
बिसिसिआईले यसबर्ष मार्च २९ देखी सुरु हुने तय भएको आइपिएल कोरोना संकटका कारण अनिश्चितकालका लागि स्थगित गरेको छ ।
अब आइपिएल अगस्ट—सेप्टेम्बर वा अक्टूबर—नोभेम्बरमध्ये एक समयमा गर्न सकिनेबारे बिसिसीआईले विचार गरिरहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
धूमलले आफूहरूसँग धेरै विकल्प र उपाय रहेको भन्दै त्यसमाथि इंग्ल्यान्ड, अष्ट्रेलिया र अन्य सबै क्रिकेट बोर्डले मिलेर छलफल गर्न जरुरी रहेको बताएका छन् ।
यसअघि उनले यसवर्षको अन्त्यमा हुने अष्ट्रेलिया भ्रमणका क्रममा भारतीय टोली दुई हप्ताका लागि क्वारेन्टाइनमा बस्न तयार रहेको बताएका थिए।