बिहिबार, साउन २९, २०७७ | Thursday, August 13, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, साउन २९, २०७७ Thursday, August 13, 2020
Welcome news

सेयर बजार बन्द गर्ने धितोपत्र बोर्डकाे निर्णय

०१-जेठ-२०७७ | १०:४४:५४ am

काठमाडौं । धितोपत्र बोर्डले सेयर बजार बन्द गर्ने निर्णय गरेको छ ।

निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्जलाई सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएकाे छ ।

आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

लकडाउनका कारण बन्द भएको सेयर बजार ५९ औं दिनपछि गत मंगलबार खुलेको थियो ।

लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजारमा छाेटाे समयमै नेगेटिभ सर्किट ब्रेक लाग्न थालेकाे थियो ।

हिजाे बुधबार त झन बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो ।

नेगेटिभ सर्किट ब्रेक लाग्न थालेसँगै लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: