सोमबार, बैशाख २७, २०७८ | Monday, May 10, 2021

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, बैशाख २७, २०७८ Monday, May 10, 2021
Welcome news

विद्यालय र स्वास्थ्य चौकीको छाना उडायो

०२-जेठ-२०७७ | ०६:५६:०५ am

सल्यान-भेरी निम्न माध्यमिक विद्यालय र वडा नम्बर १२ मा रहेको स्वास्थ्य चौकीको छाना हावाले उडाएको छ ।

पानीसँगै आएको हावाहुरीले वनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको विद्यालयको दुई कोठे भवनको छाना उडाएको हाे ।

यस्तै, स्वास्थ्य चौकीको जस्तापाता हावाले उडाउँदा स्वास्थ्य परीक्षणमा समस्या भएको निगालचुला स्वास्थ्य चौकी इन्चार्ज कमल ओलीले बताए ।

उडाएको जस्तापाता कर्मचारीले नै सामान्य मर्मत गरे चौकीभित्र पानी पस्नबाट बचाए पनि अर्को हावाहुरी तथा पानी आएका समस्या हुने ओलीको भनाइ छ ।

हावाहुरीले क्षति पुर्याएको यकिन तथ्यांक संकलन कार्य भइरहेको नगरका उपप्रमुख मञ्जु यरीले बताइन् । यस्तै, हावाहुरीसँगै आएको पानीले लाखौं रुपैयाँको तरकारीमा क्षति पुर्याएको छ ।

तरकारी खेतीका लागि निर्माण गरिएका प्लाष्टिक घर हावाले उडाउँदा टनेलमा लगाएको तरकारीमा क्षति पुगेको कुमाख गाउँपालिका–३ रागेचौरका किसान धनबहादुर हमालले बताए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: