बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ

०४-जेठ-२०७७ | ०१:३०:०० pm

काठमाडौं–उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवालाई तत्काल पक्राउ गरेर कारबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको थियो ।

उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी पनि लिएका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: