मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

सागमा पदक जिताउने प्रशिक्षककाे खातामा १ करोड ८६ लाख रुपैयाँ जम्मा

०५-जेठ-२०७७ | १२:५२:४२ pm

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन् ।

नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा युवा तथा खेलकुद मन्त्रालयले रकम जम्मा गरिदिएको जनाएको छ ।

प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन् । यसअघि पदक जित्ने ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिएको थियो ।

तर कतिपय प्रशिक्षकको पेश्की फर्छ्यौट नभएको भन्दै उनीहरुलाई नगद पुरस्कार दिइएको थिएन ।

सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले ३ लाख र कास्य जित्ने २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यस्तै स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पाए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: