शुक्रबार, आश्विन १६, २०७७ | Friday, October 02, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शुक्रबार, आश्विन १६, २०७७ Friday, October 02, 2020
Welcome news

भरतपुर अस्पतालको आईसीयुमा उपचाररत बिरामीको मृत्यु

०६-जेठ-२०७७ | १२:३६:५८ pm

चितवन । रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

उनी चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत थिए ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृत्युको कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड- १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: