मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

कमलामाई नगरपालिका ९ भिमानको महिला संक्रमित रहेको पुष्टि

०७-जेठ-२०७७ | ०१:४२:५६ pm

सिन्धुलीकाे पहिलो कोरोना संक्रमित महिला कमलामाई नगरपालिका ९ भिमानको रहेको पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव परीक्षणमा सिन्धुलीका एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सो समाचार बाहिरिएसँगै कहाँका हुन् भन्नेबारे व्यापक खोजी भइरहेको थियो ।

आज बिहान संक्रमण पुष्टि भएका २६ वर्षीया ती महिला काठमाडौंस्थित एपीएफ कोरोना अस्पतालमा भर्ना भएपछि भिमानको रहेको पुष्टि भएको हो ।

सो अस्पताल उच्च स्रोतका अनुसार, स्थायी ठेगाना सिन्धुलीको कमलामाई नगरपालिका ९ को रहेको र काठमाडौंको सिनामंगल बस्दै आएको खुलेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: