शनिबार, साउन २४, २०७७ | Saturday, August 08, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
शनिबार, साउन २४, २०७७ Saturday, August 08, 2020
Welcome news

धनकुटा बजारमा सिल हट्याे आउदाे साताबाट अस्पताल सञ्चालनमा आउने

०९-जेठ-२०७७ | ०२:४७:२२ pm

धनकुटा-धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले बजार क्षेत्रमा लगाइएको सिल हटाएको हाे ।

आइतबारदेखि धनकुटा अस्पताल सञ्चालनमा ल्याइने निर्णय भएको हाे ।

शुक्रबार बसेको धनकुटा कोभिड १९ कमान्ड फोर्सको बैठकले धनकुटा अस्पताल सञ्चालनमा ल्याइने निर्णय गरेको हाे ।

गत आइतबार धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पतालसहित धनकुटा ७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो ।

धनकुटा कोभिड १९ कमान्ड फोर्सको बैठकले अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पतालमा शुक्रबार र शनिबार सेनेटराइज गरेर आइतबारदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यस्तै बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका मानिसको आकलन गरेर क्वारेन्टाइन स्थल निर्माण गर्ने र धनकुटा अस्पतालभित्र क्वाटरमा बसेकालाई यथास्थानमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

धनकुटामा हालसम्म ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोसी अस्पताल विराटनगरमा उनीहरुको उपचार भइरहेको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: