सोमबार, आश्विन १२, २०७७ | Monday, September 28, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
सोमबार, आश्विन १२, २०७७ Monday, September 28, 2020
Welcome news

चाइना फाउण्डेसनद्वारा राहत वितरण

०९-जेठ-२०७७ | ०५:४८:१२ pm

काठमाडौं । चाइना फाउण्डेसनले उपत्यकाका विभिन्न स्थानका वासिन्दालाई लकडाउनको समयमा राहत वितरण गरेको छ ।

फाउन्डेसनले प्रति परिवार १-१ बोराका दरले २ हजार ३ सय ८३ बोरा चामल, प्रतीपरिवार ५ किलो दाल, ३ लिटर खाने तेल वितरण गरेको हो ।

त्यस्तै फाउण्डेसनले २०० लिटरको हात धुने टयांकी र साबुन पनि बितरण गरेको फाउण्डेसनका प्रवित कुमारले जानकारी दिए ।

नार्गाजुनका ७ विद्यालय र चन्द्रागिरिका ५ बिद्यालयमा खाद्यय सामाग्री वितरण गरिएको हो ।

नार्गाजुनका ७ विद्यालयमा जम्मा १ हजार १ सय३७ परिवारलाई र अन्य उपत्यकाका विभिन्न स्थानमा वितरण गरिएको उनले बताए ।

फाउण्डेसनले बिगतको लामो समयदेखि हातधुने स्थान निर्माण गर्दै आएको छ । कार्यक्रमहरुमा फाउण्डेसनकी नेपाली कन्ट्री डाइरेक्टरको समेत उपस्थिति थियो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: