मंगलबार, आश्विन १३, २०७७ | Tuesday, September 29, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
मंगलबार, आश्विन १३, २०७७ Tuesday, September 29, 2020
Welcome news

‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, चर्चहरु खाेलाै’-डोनाल्ड ट्रम्प

१०-जेठ-२०७७ | ०७:१४:११ am

काठमाडौं । अमेरिकामा प्रार्थनाको आवश्यकता रहेकाे बताउदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् ।

ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

उनले भने, ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन ।’

चर्चहरुमा कोरोना संक्रमणको महामारीसँगै भेला हुन बन्द गरिएको हाे ।

अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।

ट्रम्पले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।

मृतक ९५ हजार पुगेलगत्तै ट्रम्पले ट्वीट गरेका थिए ।

मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेशमा व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द गर्ने तय भएकाे थियाे ।

गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन् जसमा चर्चमा भेला हुने सीमा पनि समावेश गरिने छ ।

अमेरिकी राष्ट्रपतिले राज्यपाललाई सहमत गराउन सक्छन् चर्च खोल्न निर्देशन दिन सक्दैनन् ।

चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् ।

जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटाती गर्न सक्छन् । तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन ।

यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुनेछ, किनभने राष्ट्रपतिको चुनाव नजिकिँदै छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: