शिक्षक तथा कर्मचारीहरूको “कोरोना विषेश स्वास्थ्य बिमा”

काठमाडौं–चावहिलमा अवस्थित विनायक सिद्ध कलेजले आफना शिक्षक तथा कर्मचारीहरूको “कोरोना विषेश स्वास्थ्य बिमा” गरिदिएको छ ।
कोरोना भाइरसका कारण सम्पूर्ण शैक्षिक संघसंस्था बन्द भएको अवस्थामा शिक्षण क्षेत्रमा पेशागत लागेका शिक्षक तथा कर्मचारीहरू कामबिहिन भइरहेको अवस्था छ ।
यति परिीथितिका बेला विनायक सिद्ध कलेज चाबहिलले आफ्नो संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरूको कोरोना विषेश स्वास्थ्य बिमा गरेको हो ।
कलेजले आफ्ना ६५ जना शिक्षक तथा कर्मचारीहरूको रु १ लाख बराबरको बिमा गरिदिएको कलेजका संस्थापक प्रिन्सिपल श्रीराम कृष्ण सिंखडाले जानकारी दिनुभएको छ।
कलेजले जनरल इन्स्योरेन्स कम्पनी मार्फत बिमा गरेको हो ।
चैत्रको दोस्रो सातादेखि नै अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको यस कलेजले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बिमाको मार्फतबाट हौसला प्रदान गरेको छ ।
साथै यसअघि पनि कलेजले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै विपत कोषमा जम्मा हुनेगरी काठमाडौं महानगरपालिकाका मेयर श्री विद्यासुन्दर शाक्य को हातमा रु ५०००० हजार नगद सहयोग गरेको थियो ।