Welcome news
१५-जेठ-२०७७ | ०५:३१:१५ pm
कर्मचारीलाई घुम्न प्रोत्साहन गरिने

सरकारले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई घुम्न प्रोत्साहित गर्ने भएको छ ।
आन्तरिक पर्यटन पर्बद्धन गर्ने गरि सरकारले कर्मचारीलाई घुम्न प्रोत्साहित गर्न लागेकाे हाे ।
अर्थमन्त्री डा. युवराज खतिवडालेआ र्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कर्मचारीलाई देशदर्शनमा प्रोत्साहन गर्ने बताएका हुन् ।
उनले पर्यटन प्रवर्द्धनका लागि हिमाली तथा पहाडी क्षेत्रमा अध्ययन गरि पर्यटक आकर्षण गरिने बताएका छन् ।
नयाँ पर्यटकीय प्रडक्ट विकास गर्न बजेट बिनियोजन तथा पर्यटनमा कर छुट लगायत सुविधा दिने पनि बजेट भाषणमा भनिएको छ ।
एक प्रदेश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने पनि जनाइएको छ । त्यसका लागि एक अर्ब २६ करोड रकम विनियोजन भएको छ ।
[bsa_pro_ad_space id=16]