बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

कपिलवस्तुमा नौ र दाङमा दुइ जना संक्रमित थपिए

१६-जेठ-२०७७ | ०७:२४:४९ am

कपिलवस्तु- प्रदेश-५ मा ११ कोरोना संक्रमित थपिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ प्रयोगशालामा भएको कोरोना परीक्षणमा ११ जना कोरोना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये कपिलवस्तुका नौ र दाङका दुइजना रहेकाे प्रतिष्ठानले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३ र ३० वर्ष, वडा नम्बर ५ का २६ वर्षका एकजना र विजयनगर गाउँपालिका–७ को १७, ३७, ३९, ४०, ४३ र ५२ को रहेका छन् ।

संक्रमितहरु सबैजना पुरुष हुन् । उनीहरु रामनरेश मावि क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी दाङको गडवा गाउँपालिका १ को २८ वर्षीय र वडा नम्बर २ को वर्ष ४१ वर्षीय पुरुष रहेका छन् ।

थपिएका नयाँ संक्रमितसँगै कपिलवस्तुमा ११८ जना र दाङमा २२ जनामा कोरोना पुष्टि भएको छ ।

१५३ नमुनामध्ये १४२ जनाको नजिता नेगेटिभ आएको छ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: