लिपुलेक विवादपछि भारतले लगायाे नेपाली समान निर्यातमा एकपछि अर्काे राेक

ताप्लेजुङ – भारतले नेपालमा उत्पादित अलैँची आयातमा अवरोध गरेको छ ।
चिया र पाम तेलपछि भारतले अलैँची आयातमा अवरोध गरेको हाे ।
अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ ।
भारतले अलैँची रोक्नुको कारण भने खुलाएको छैन ।
दुवै देशको कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।
निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारीविपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।
‘चैत पहिलो सातादेखि अघोसित रुपमा हाम्रो अलैँची रोकिएको छ,’ अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भने,‘लक विभिन्न बहाना बनाएर पानीट्यांकीस्थित भारतीय भन्सारका अधिकारीले प्रवेश दिन मानिरहेका छैनन् ।’