बिहिबार, आश्विन १५, २०७७ | Thursday, October 01, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
[bsa_pro_ad_space id=33]
बिहिबार, आश्विन १५, २०७७ Thursday, October 01, 2020
Welcome news

सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ: अस्पताल सिल

१६-जेठ-२०७७ | ०८:१३:२० am

अमित ठाकुर,रौतहट- क्वारेन्टाइनवाट सिधै जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन आएकी महिलाको आरडिटि रिपोर्ट पोजेटिभ आएकाे छ।

रौतहटको देवाही गोनाहीको करुनियाको हप्सा मदरसामा बस्दै आएकी गर्वबती महिला क्वारेन्टाइनवाट अस्पताल परिसरमा कसरी पुगिन भने कुराले क्वारेन्टाइनमा प्रशासनकाे कमजाेरी देखिएकाे छ ।

महिला दिल्लीबाट जेष्ठ २ गते मध्य रातमा बंजराहा नाका हुँदै राैतहट जिल्ला आएकी थिइन ।

उक्त्त नाकाबाट दुई बालबालिका सहित १० जना आएकाे सुत्केरी महिलाले बताएकी छन् ।

उनले मदरसामा १३ दिन सम्म रहदा कोरोना सम्बन्धि कुनै चेकजाँच नभएको बताईन ।

सुत्केरी गराउन गत बुधबार राति ७ बजे अस्पताल आएपछि उनकाे बिहिवार मात्र आरडिटि परिक्षण भएको छ । सुत्केरी महिलाको पिसिआर पिरक्षणकालागि स्वाब संकलन गरि बाहिर पठाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: