Welcome news
१६-जेठ-२०७७ | ०८:१६:४४ am
आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत( बजेटकाे पुर्ण पाठ)

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।
बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले २ घण्टा लगाएर बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ ।
आगामी वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव परेको छ । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव परेको अवस्थामा छ । कोरोना भाइरसको प्रभावस्वरुप नै आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।
[bsa_pro_ad_space id=16]